१५ कार्तिक २०८३, आइतबार

राणा जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिद (सुडान प्रकरण)मा भएको अनियमिततामा सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वएसएसपी रविप्रताप राणालाई कारागार पठाइएको छ ।

बुधबार सर्वोच्चमा हाजिर भएका राणालाई सदरखोर डिल्लीबजार पठाइएको हो ।  सुडान प्रकरणको अनियमिततामा संलग्न भएको भन्दै सर्वोच्चले वैशाख १७ गते राणासहितका उच्च प्रहरी अधिकारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

भ्रष्टाचारी ठहर भएका प्रहरीका तीन पूर्वप्रमुखमध्ये दुई जना ओमविक्रम राणा र हेमबहादुर गुरुङ जेल चलान भइसकेका छन् ।  प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीको भने फैसला कार्यान्वयन हुन बाँकी छ ।

राणाको फैसला कार्यान्वयन भई सदरखोर डिल्लीबजार चलान गरिएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।  विशेष अदालतबाट सफाइ पाएका राणालाई सर्वोच्चले दोषी ठहर गरेको थियो ।  सर्वोच्चले राणालाई ६ महिना कैद र ३० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।

जेल चलान हुनुभएका राणाले कानुनअनुसार कैद र जरिवानामा २० प्रतिशत छुट पाउनुहुनेछ ।  फैसला कार्यान्वयनका लागि कानुनले तोकेको ६० दिनभित्र स्वयं अदालतमा हाजिर भएका कारण राणाले कैद तथा जरिवानामा २० प्रतिशत छुट पाउनुहुनेछ ।  सर्वोच्चले वैशाख १७ गते फैसला गरेको थियो ।

सुडान प्रकरणमा संलग्न दुई पूर्वआईजीपी असार ७ गते नै सर्वोच्चमा हाजिर भई जेल चलान भइसक्नुभएको छ ।  पूर्वआईजीपीद्वय हेमबहादुर गुरुङ र ओमविक्रम राणासँगै पूर्वएआईजी दीपक थाङ्देन र पूर्वडीआईजी दीपक थापा पनि सोही दिन जेल चलान हुनुभएको थियो ।