
काठमाडौँ, १४ असार । निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण मागेको छ ।
मौन अवधिमा पत्रकार सम्मेलन गरेको भन्दै आयोगले एमाले अध्यक्ष ओली र आयोजक प्रेस चौतारी नेपालसँग स्पष्टीकरण सोधेको हो ।
आयोगको मंगलबार बसेको बैठकमा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने विषयमा कुरा उठेको थियो । लामो छलफलपछि ओली र चौतारीलाई स्पष्टीकरण सोधिएको आयुक्त सुधीरकुमार शाहले जानकारी दिए ।
उनका अनुसार, मौन अवधिमा राजनीतिक कार्यक्रम गरेर आचारसंहिता विपरीत कार्य गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।
नेकपा एमालेको जनसंगठन समेत रहेको चौतारीले सोमबार एमाले पार्टी कार्यालय धुम्बाराहीमा चौतारी संवादको आयोजना गरेको थियो । उक्त दिन अन्य संचार संगठनहरुले पनि नेताहरुलाई बोलाएर पत्रकार सम्मेलनहरु गरेका थिए । तर, आयोगले ओलीसँगमात्र स्पष्टीकरण मागेको छ ।











प्रतिक्रिया