९ मंसिर २०८३, बुधबार

भैरहवामा शान्तिपूर्ण रुपमा मतदान हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश के.सी.

भैरहवा, १४ असार । रुपन्देहीमा बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । दोस्रो चरणको निर्वाचन अन्तरगत आज रुपन्देहीमा मतदान भैरहेको हो ।

मतदानका लागि मतादाताहरु अत्यन्तै उत्साहपूर्वक मतदान केन्द्रमा पुगिसकेका छन् । रुपन्देहीमा १ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेका छन् ।

जिल्लामा ४ लाख ६२ हजार ५ सय ४६ मतदाता छन् । जिल्लामा ४ हजार २५ उम्मेदवारी परेका छन् । जसमध्येबाट ८ सय ४५ उम्मेदवार बिजय बन्नेछन् ।