२९ आश्विन २०८३, बिहिबार

दुबईमा प्रवासी नेपाली मञ्च यूएईको देउसी भैलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dubai-deusi-bhailo

उत्तम अधिकारी

यूएई । सांस्कृतिक पहिचान र महत्व बोकेको पर्व तिहारको अवसरमा प्रवासी नेपाली मञ्च यूएईले दुबईमा देउसीभैलो खेल्ने भएको छ।

मञ्चले यही आउँदो शुक्रवार यूएईको दुबई, आबुधाबी र शारजाहमा सांस्कृतिक देउसीभैलो प्रस्तुत गर्न लागेको हो। संस्कृति जगेर्ना गर्दै एकता र भाईचाराको शन्देश प्रवाह गर्नका निमित्त मञ्चले देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ। खुशियालीको पर्वको रुपमा मनाइने दीपावलीको अवसरमा यूएईको नेपाली राजदूतावास, समाजसेवी, बुद्धिजीवी, नेपाली ब्यवसायी तथा मञ्चलाई माया गर्ने इच्छुक प्रवासी नेपालीहरुको निवासमै पुगेर देउसीभैलो खेल्ने तयारी गरिएको मञ्चका उपाध्यक्ष तथा कार्यक्रम संयोजक गिरमान थापा मगरले बताए।

नेपालीहरु विश्वका जुनसुकै कुनामा पुगेपनि आफ्नो संस्कृति, चाडपर्व र मुल्य मान्यतालाई भुल्न नसक्ने तथा आफ्नो संस्कृतिको जगेर्ना र रक्षाका लागि आफैं प्रयत्नशील हुनुपर्ने भएकाले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

मञ्चले दशैं, तिहार, तीज, नयाँ वर्षलगायतका पर्वहरुमा निरन्तर रुपमा बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।

देउसी भैलो प्रस्तुतिका लागि सम्बद्ध सबैलाई सांस्कृतिक टोली आउने जानकारी गराउँदै पत्राचार गरिसकिएको मञ्चको प्रचार विभागले जनाएको छ। प्रचार बिभाग प्रमुख मनोज अर्यालका अनुसार शुक्रवारका दिन बिहानैबाट शुरु हुने कार्यक्रम राति अबेरसम्म चल्ने र सोहि दिन समापन हुनेछ।

मञ्चका पदाधिकारी तथा सदस्य र सांस्कृतिक विभागका सदस्यहरु उक्त देउसीभैलो टोलीमा सहभागी हुने जनाइएको छ।