३ कार्तिक २०८३, मंगलबार

शर्मिला र सपनको स्वरमा ‘मेरो मनमा बस’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका शर्मिला बर्देवा र गायक सपनकुमार राईको आवाजमा समावेश ‘मेरो मनमा बस’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

किरण कर्णेलका शब्द सिर्जना संगीतकार शेखर सन्तोषले संगीत भरेको गीत रिलिज भएको छ । बेलायतको ग्रामीण भेग कन्ट्री साइड वरपरका रमणीय स्थानमा छायांकन गरिएको भिडियो पृथक बनेको छ ।

गीतको निर्देशन दन्त चिकित्सक तथा चलचित्र निर्माता डा कपिल रिजालले गरेका हुन् । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका छोरा कपिलले यसअघि चलचित्र ‘ड्रिम्स’ मा समेत लगानी गरेका थिए ।

भिडियो सम्पादन र छायांकन कुशल श्रेष्ठले गरेका छन् । जसमा अन्जु बस्नेत र टंक धमलाको अभिनय रहेको छ ।