वाशिंगटन डिसी । अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७ सिजनको निर्णायकमा नेपाली चलचित्रकि अभिनेत्री केकी अधिकारी छनौट भएकी छिन् ।
एमडिसी नामबाट चर्चित रहेको यो कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो ।
आयोजकका अनुसार एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा केकी अधिकारका साथै अभिनेता दिलीप रायमाझी, डीबी गुरुङ र मञ्जु भुजेल पनि रहेका छन् ।
रायमाझी कार्यक्रममा आउन असमर्थ भएपछि आयोजकले उनको बदलामा केकी अधिकारीलाई नियुक्त गरेको जनाएका छन् ।
केकी अधिकारी जुलाईको पहिलो हप्तामा अमेरिका आउने छिन् । उनी अमेरिका नेपालबाट सोझै नआई बेलायत हुँदै आउने छिन् ।
कार्यक्रमको ग्रान्ड फिनाले अगस्त १२ तारिख शनिबार अमेरिकाको ओहायोमा हुनेछ । जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुने छन् ।
अगस्त १२ तारिखमा प्रथमदेखि पाँचौ स्थानसम्म विजेताको घोषणा गरिनेछ ।
अमेरिकाभरि विभिन्न राज्यमा छरिएर रहेका नेपाली मूलका किशोरकिशोरी र नव प्रतिभाकाको प्रतिभालाई प्रस्फुटन गर्ने अवसरका रुपमा यो प्रतियोगितालाई लिने गरिएको छ ।
















प्रतिक्रिया