२९ आश्विन २०८३, बिहिबार

मन्त्रिमण्डल फेरि पुनर्गठनको तयारी, को-को मन्त्री हट्दैछन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Uml

काठमाडौ, ४ कात्तिक । सत्ता साझेदार र काँग्रेसले फेरि मन्त्री परिवर्तनको तयारी गरेका छन् ।

सरकारमा रहेका केही मन्त्रीलाई हटाएर नयाँ मन्त्री ल्याउने काँग्रेस र एमालेको तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उर्जा मन्त्री राधा ज्ञवाली, युवा तथा खेलकुद पुरुषोत्तम पौडेल र स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गर्ने तयारी गरेको स्रोतको बतायो ।

उर्जा र स्वास्थ्य मन्त्रालयमा ओलीपक्षबाट र युवा खेलकुद मन्त्रालयमा बरिष्ठ नेता झलनाथ खनाल पक्ष मानिने नेताहरुलाई पठाउने तयारी भइरहेको छ ।

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई फिर्ता बोलाएर उपाध्यक्ष विद्या भण्डारी वा शंकर पोखरेललाई पठाउने तयारी भएपनि त्यो सम्भावना टरेको छ ।

एमालेले उद्योगमन्त्रीबाट कर्ण थापा र पर्यटन मन्त्रीबाट भीम आचार्यलाई फिर्ता बोलाएको एक महिना नपुग्दै फेरि तीन जनालाई फिर्ता बोलाउन लागेको हो । मन्त्री बन्नका लागि एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा यतिबेला नेताहरुको दौडधुप छ ।

यता, काँग्रेसबाट पनि शहरी विकासमन्त्री नारायण खड्का र संचारमन्त्री डा मिनेन्द्र रिजाललाई हटाउने तयारी छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइराला पछिल्लो समयमा बैंकिङ क्षेत्रबाट भ्रष्टाचारको आरोप खेपिरहेका अर्थमन्त्री डा रामशरण महत र शिक्षामन्त्री चित्रलेखा यादवलाई हटाएर उनका ठाउँमा आफू निकट नयाँ मन्त्री नियुक्ति गर्ने मनस्थितिमा पुगेको स्रोतले बतायो । यस विषयमा प्रधानमन्त्रीले वरिष्ठ नेता शेरबहादुर देउवासँग पनि छलफल गरिसकेको बताईएको छ । यो सँगै राज्य मन्त्री समेत राख्ने तयारी भईरहेको छ । तिहारपछि मन्त्री परिवर्तनसँगै नयाँ र युवा अनुहारकालाई मन्त्री र राज्यमन्त्री बनाउने तयारी भईरहेको छ ।