२९ आश्विन २०८३, बिहिबार

नोबेल पुरस्कार विजेता लिउ उपचारका लागि रिहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, १३ असार । जेलमा हुदै नोबेल पुरस्कार पाउनु भएका चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका लागि ‘मेडिकल प्यारोल’ अर्थात् उपचारका लागि रिहा गरिएकोे छ ।

गत मे महिनाको २३ तारिखमा उहाँको कलेजोको उपचारको क्रममा उहाँलाई क्यान्सरको समस्या देखिएको थियो । कलेजोको क्यान्सरबाट पिडित उहाँलाई उपचार गर्न आवश्यक भएकाले जेलमुक्त हुनुभएको उहाँका वकीलले एएफपीलाई सोमबार जानकारी दिनुभयो ।

लिउलाई चीनमा मानव अधिकारका लागि लामो र अहिंसात्मक सङ्घर्ष गर्दै प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानका लागि सन् २०१० को नोबेल पुरस्कार प्रदान गरिएको थियोे ।

लिउका लागि ११ बर्ष जेल सजाँय तोकिएकोमा उहाँले अहिले सम्म ३ बर्ष मात्रै जेलअवधि पुरा गर्नुभएको छ ।

लोकतन्त्रको पक्षका जुझारु अभियन्ता लिउलाई यसअघि देखि नै उत्तरपूर्वी शहर शेन्याङमा रहेको एक अस्पतालमा उपचार गराइएको छ ।

“उहाँसँग कुनै विषेश योजना छैन, केबल आफूलाई लागेको रोगको उपचार गर्नुहुनेछ,” उहाँका वकील मो साओपिङले भन्नुभयो ।

अन्तर्राष्ट्रिय समुदायले ६१–बर्षीय लिउलाई केही बर्षदेखि जेलमुक्त गर्न आह्वान गरिरहेका थिए ।

उहाँ सन् २००९ देखि जेल जीवन बिताइरहनुभएको र जेलमै रहेका वेला एक बर्षपछि पुरस्कृत हुनुभएको थियो । – सिन्ह्वा