
भियतनाम । भियतनाम सरकारले फेसबुक चलाउनेमाथि अचम्मको नियम ल्याएको छ । भियतनामको सरकारी निकायले ल्याएको नियमले फेसबुक प्रयोगकर्ताहरु नै अचम्ममा परेका छन् ।
फेसबुक खाता खोली अनलाइन व्यवसाय सन्चालन गर्दै आएका व्यवसायीले राज्यलाई तिर्नपर्नेु कर नतिरेको भन्दै सरकारले कर तिर्न नमान्ने व्यवसायीको सामाजिक सञ्जाल बन्द गर्न फेसबुकसँग सहकार्य गर्ने बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
भियतनामी कर निभाग कार्यालयले कर आफू मातहतका राष्ट्रभर रहेका कार्यालयलाई कर उठाउन अनलाइन व्यवसायीसँग अपनाउनुपर्ने कडा उपाय अपनाउन निर्देशन दिइसकेको छ ।
कर कार्यालयका अनुसार राज्यले अनलाइन व्यवसायीबाट एक करोड भियतनामी डोङ अर्थात् चार हजार चारसय अमेरिकी डलर भन्दा बढी कर प्रत्येक महिना छली भएको यहाँको दैनिक ट्रोइ ट्रे पत्रिकामा जनाएको छ ।
“हामी फेसबुक कारोबार बन्द गर्न चाहन्नौ तर यदि अनलाइन व्यापारीले कर तिर्न अटेर गरिरहेमा उक्त कारबाहीका लागि पनि बाध्य हुनेछौं,” कर अधिकारीले सञ्चारकर्मीसँग बताए ।
हनोइ कर विभागले हालैमात्र मुलुकभरका १३ हजार ५०० फेसबुक मार्फत कारोबार गर्ने व्यवसायीलाई पत्राचार गरेको र करको दायरामा आउन भनेको जनाएको छ । विभागका अनुसार देशभर १७ हजार व्यवसायीले फेसबुक अनलाइनमार्फत कारोबार गर्ने गर्छन् ।















प्रतिक्रिया