रवि रोषी
दोहा । गैरआवासीय नेपाली संघ कतारले यस बर्षको तिहारको उपलक्ष्यमा पनि पारम्परिक देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
विभिन्न मनोरञ्जनात्मक तिहार संस्कृति झल्किने देउसी भैलो नृत्य सहित सामूहिक देउसी भैलो कार्यक्रम राखिन लागेको अध्यक्ष मक्सुद आलमले बताउनुभयो ।
कतारस्थित नेपाली दुतावासको प्रांगणमा आयोजना हुने सो देउसी भैलो कार्यक्रममा कतारका सबै संस्थाका प्रतिनिधि तथा संस्कृतिप्रेमी सबैमा आफ्ना देउसी खेल्ने समूह सहित उपस्थित भै पर्व खुशी आदान प्रदान गर्न प्रेषित पत्रमा अनुरोध गरिएको छ ।
२४ अक्टोबर शुक्रवार साँझ ५ बजे देखि ८ बजेसम्म दुतावासको प्रांगणमा देउसी भैलो खेलिने र सो समयमा उपस्थित सबैलाई नेपाली राजदुतावासका कार्यवाहक राजदुतबाट शुभकामना दिने कार्यक्रम रहेको अध्यक्ष आलमले बताउनुभयो ।














प्रतिक्रिया