विराटनगर, ११ असार । राष्ट्रिय जनमुक्ति पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारहरूको पक्षमा मत माग्न विभिन्न चुनावी कार्यक्रमहरू गर्दै आएको छ ।
पछिल्लो समय कोशी पूर्वका जिल्लाहरूमा आफ्नो प्रचार प्रसार कार्यक्रमलाई तीब्रता दिएको राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल पनि गरेको छ ।
जनमुक्ति पार्टीले संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टीसहितका साना दलहरूसँग चुनावी तालमेल गरेको छ ।
‘दोस्रो चरणको चुनावअन्तरगर्त अधिकांस स्थानमा हामीले उम्मेदवारी दिएका छौँ’, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले भने, ‘चुनावी अभियान अन्तिम चरणमा छ । आज मध्यरातिसम्म प्रचार प्रसालाई तीब्रताका साथ अगाडि बढाउँछौँ ।’ आइतबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी अभियानलाई तीब्रत रुपमा अगाडि बढाएको हो ।
राष्ट्रिय जनमुक्ति पार्टीको प्रभाव कोशी पूर्वका जिल्लाहरूमा अधिकतम मानिन्छ । सोही कारणले अध्यक्ष पालुङवासहितका केन्द्रीय नेताहरू पूर्वका जिल्लाहरूमा रातदिन खटिएका छन् ।














प्रतिक्रिया