९ मंसिर २०८३, बुधबार

प्यूठानमा माओवादीका केन्द्रीय सदस्य एमालेमा प्रवेश, युवा नेता थापाले गरे स्वागत

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, ११ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव पौडेल एमालेमा प्रवेश गरेका छन् ।

माण्डवी गाउँपालिका–२ मर्कावाङ रातापानी प्यूठान निवासी पौडेललाई एमाले केन्द्रीय सदस्य एवम् पर्यटन प्रवर्द्धन विभाग प्रमुख सूर्य थापाले प्रवेश गराएका हुन् । माण्डवी गाउँपालिकाको नयाँ गाउँस्थित जस्पुरमा शनिबार आयोजित चुनावी सभामा थापाले पौडेललाई प्रवेश गराएको एमालेले जनाएको छ ।

२० वर्ष माओवादी केन्द्रमा रहेर राजनीति जीवनमा क्रियाशील पौडेलले एमालेको नीति, विचार र राष्ट्रियताप्रतिको अडानलाई मन पराएर एमालेमा प्रवेश गरेको प्रतिक्रिया दिए । पछिल्लो समय माओवादी केन्द्र ‘बन्दा गोपी’ जस्तै भएको समेत पौडेलले आरोप लगाए ।

एमाले नेता सूर्य थापाले पौडेलले सही समयमा सही निर्णय गरेर एमालेमा प्रवेश गरेको भन्दै प्रसंसा गरे ।

‘प्यूठानका कमजोर भनिएका ठाउँमा पनि एमालेको संगठन मजवुत भइसकेको छ’, थापाले भने, ‘हाम्रो परिवारमा आइसकेपछि विचलनको स्थिति हुने छैन् ।’