९ मंसिर २०८३, बुधबार

एमालेलाई मत दिएर भारी बोकाईदिनुस बोक्न तयार छः एमाले नेता बिष्ट

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री

गुल्मी, १० असार । नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले एमालेलाई भारी बोकाई दिए बोक्न तयार रहेको बताएका छन् । स्थानिय निर्वाचन बिशेष अभियान अन्तर्गत गुल्मीको सदरमुकाम तम्घासस्थित रेसंगा नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै नेता बिष्टले एमालेले काम गर्न पनि तयार छ जनताको मतको भारी बोकाएर पठाउन आग्रह गरे ।

जनताको समृद्धिका निम्ती एमालेलाई सरकार भन्दा जनता ठुलो ठानेको छ उनले भने- ‘देस रहे जनता रहे पार्टी रहन्छन् अहिले देस समाप्त पार्ने र जोगाउने बिचको लाडाई छ ।’ नेकपा एमालेले जनता र राष्ट्रियता लागि सरकार भन्दा प्रतिपक्षमा बसेर चुनाव लड्न चाहेको उनले बताए । देसको रक्षा र स्वाधिनताको पक्षको निम्ती एमालेले प्रधानमन्त्रीको कुर्ची संग साटन नचाहेको बताए । पहिलो चरणको चुनावमा एमालेलाई जनताले पहिलो पार्टी बनाएकाले भन्दै उनले अव हुने चुनावमा पनि एमालेलाई अत्यधिक मतका साथ बिजयी बनाउन आग्रह गरे ।

यो देशमा कांग्रेस र माओवादीले थुप्रै पटक सरकार चलाएपनि जनमुखि कार्यक्रम ल्याउन नसकेको आरोप लगाए । ‘पटक पटक कांग्रेस र माओवादी सरकारमा गए, तर केहि गर्न सकेनन,’ बिष्टले भने, ‘कर्मचारीको तलव बढाउन र बृद्धाभत्ता वढाउन एमाले नै चाहियो ।’ उनले यसअघि धेरै ठाउँमा सत्तापक्षले पराजय बेहोरेका कारण चुनाव पछि धकेल्दै मध्ये असारमा पुराएको बताए ।

सरकारले गरेर खाने कृषकको लागि चुनाव सारेर गल्ती गरेको पुर्व मन्त्री समेत रहेका बिष्टले बताए । उनले असार १४ गते मुलधारे पानी र असिना पानी परेपनि छाता र घुम ओढेर मतदान गर्न सवै कार्यक्रताहरुलाई आग्रह गरेका छन् । ‘धेरै किसान मतदानमा सहभागी नगराउने सरकारको दाउ हो,’ उनले भने, ‘कृषकले असार १४ गते कांग्रेस र माओवादीलाई हिलोमा पर्छार्ने छन् ।’ देशमा अझै पनि बहुमत पुगे तराई पहाड अलग गराउने पक्षमा सरकारबादी दलहरु रहेकाले राष्ट्रियता र देश निर्माणको पक्षमा एमालेलाई जिताउन आग्रह गरे ।