परासी, १० असार । नवलपरासीको सुनवल नगरपालिकामा एमाले मेयर उम्मेदवार विमला अर्याल लोकप्रिय हुँदै जानुभएको छ । चुनाव प्रचारप्रसारको क्रममा घरदैलो गर्दा सुनवलका जनताको एमालेको पक्षमा जनलहर नै लाग्ने गरेको छ । सुनवलवासीले विमला जस्तो राम्रो उम्मेदवार एमालेले उठाएको भन्दै विमलालाई कुनै हालतमा जिताएर छाड्ने प्रतिवद्धता समेत जनाईरहेका छन ।
चुनावि प्रचार प्रसार अभियानलाई तिव्र पार्दै नेकपा एमाले सुनवलले सुनवल नगरपालिका वडा न १ मा घरदैलो कार्यक्रमका साथ साथै विभिन्न ठाँउमा कोणसभा गरेको छ । वडा न १ को प्रगतिटोलमा भएको कोण सभालाई केन्द्रीय सदस्य तिलक महतले सम्वोधन गर्नुभएको थियो । त्यस्तै वडा न १ का सवै टोलहरुमा मेयर उम्मेदवार विमला अर्याल, उपमेयर उम्मेदवार दधिराम अर्याल, वडा न १ का वडा अध्यक्षका उम्मेदवार विन प्रसाद वुढाथोकि साथै वडा सदस्यका उम्मेदवारका साथमा जिल्ला स्तरीय नेता कार्यकर्ता लगाएत हजारौंको संख्यामा घर दैलो कार्यक्रम गर्दै वडा न १ का विभिन्न टोलमा चुनावि कोण सभा समेत सम्पन्न भएका छन् ।
त्यस्तै सुनवल नगरपालिका वडा न ६ पुलटोलमा भएको सभालाई जिल्ला सह संयोजक थान प्रसाद गैरे, मेयर उम्मेदवार विमला अर्याल, वडा अध्यक्षका उम्मेदवार दिलिप चापागाई ले सम्वोधन गर्दै नेकपा एमाले लाई अध्याधिक मतले विजयी गराउन आग्रह गर्नु भएको थियो ।
यसैविच वडा न ४ मा पनि नेकपा एमाले ले आफ्ना उम्मेदवारहरु का साथ उल्लेख्य जनलहर संगै घरदैलो कार्यक्रम साथ साथै कोण सभा पनि सम्पनन भएको छ । यसैविच वडा न ३ आसमवासीमा पनि आजै विहान घरदैलो कार्यक्रम गरेको छ सोहि अवसरमा विभिन्न पार्टि परित्याग गरि ३१ जना एमालेमा प्रवेश गरेका छन् । । यस्तै महिला परिचालन समिति संयोजक तारा आचार्यको नेतृत्वमा सुनवल नगरपालिका वडा न २ मा ब्यापक छलफल गर्नुका साथै मतदान गर्ने तरिका समेत सो अवसरमा सिकाईएको थियो ।















प्रतिक्रिया