३ कार्तिक २०८३, मंगलबार

‘आयो रे आयो…’बोलको गीतमा प्रियंका कार्कीको यस्तो दमदार अभिनय

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् ।

उनको फरक फरक अभिनय रहेको म्युजिक अहिले सार्वजनिक भइरहेका छन् । यस्तैमा प्रियंका अभिनित अर्को   ‘आयो रे आयो..’बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेत्री प्रियंका कार्की र मोडल ज्योत्सना योगीले निकै नै तारिफ योग्य अभिनय  गरेका छन् । भिडियोमा प्रियंका  र मोडल ज्योत्सना योगीका अलावा गोर्खाली ठिटोजको पनि आर्कषक अभिनय देख्न सकिन्छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा छायांकन बुद्ध थापा र रुपेश थापाको रहेको छ । जुन भिडियोले रिलिज भएदेखि नै राम्रो चर्चा पाईरहेको छ ।

भिडियो:

https://www.youtube.com/watch?v=h7dkeGFSysA