ओखलढुंगा, ८ असार । ओखलढुंगामा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
बिहीबार मोलुङ गाउँपालिका–७ पात्लेमा भएको झडपमा परी एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवारसहित अन्य दुई जना घाइते भएका छन् । झडपमा कांग्रेसका कार्यकर्ता पनि घाइते भएको जनाइएको छ ।
कांग्रेस उम्मेदवारले टाँसेको प्रचार सामाग्री एमाले कार्यकर्ताले च्यातेको आरोपमा कांग्रेस वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्द्रिय सदस्य दीपक फुयालले बताए । घटनाबारे प्रहरीले छानविन थालेको छ ।











प्रतिक्रिया