९ मंसिर २०८३, बुधबार

निर्वाचन आयोगलाई शंकर पोखरेलको प्रश्नः आफ्नै सचिव सरुवा हुँदा के हेरेर बसेको ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले निर्वाचन आयोगका सचिव गोपिनाथ मैनाली सरुवा गर्ने निर्णयमा असन्तुष्टि जनाएका छन् ।

विहिबार बसेको मन्त्रिपरिषद बैठकले मैनालीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । विलासी गाडी नकिनौं भन्दा मैनाली सरुवामा परेका थिए ।

यो निर्णयमा असन्तुष्टि जनाउँदै नेता पोखरेलले निर्वाचन आचारसंहिता विपरित आफ्नै सचिव सरुवा हुँदा केही नबोलेको भन्दै निर्वाचन आयोगमाथि पनि आक्रोश पोखेका छन् ।

उनले भनेका छन्– ‘निर्वाचन आचार संहिता जारी भएका बेला सामान्य कर्मचारीको समेत सरुवा रोक्ने निर्वाचन आयोगले आफ्नै सचिवको सरुवा हुँदा के को रमिता हेरेर बसेको होला ?’