लसएञ्जलस । पपस्टार बियोन्सेले जोडी बच्चालाई जन्म दिएकी छन् । अमेरिकाका इन्टरनेट विकली, युएस विकली र पीपुल म्यागाजिनले यो समाचारको पुष्टि गरेका छन् ।
बच्चाको जन्म भएको मिति र ती बच्चाहरु छोरा या छोरी भएको बारेमा जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
बियोन्सेले फेब्रुअरी महिनामा इन्स्टाग्राममा आफ्नो तस्बिर राख्दै गर्भवती रहेको सार्वजनिक गरेकी थिइन । उनका तस्बिर सामाजिक सञ्जालमा धेरै लोकप्रिय बनेका थिए । उनले चर्चित र्यापर जे जेडसँग विवाह गरेका थिए ।
उनीहरूको एसअघि नै पाँच वर्षकी एक छोरी ब्लु इभी रहेकी छन् । अहिलेसम्म पनि जे जेड र बियोन्सले बच्चा जन्मिएकोबारे आधिकारिक घोषणा गरेका छैनन् ।
बियोन्सेले गर्भवती भएको घोषणापछि केही तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । ग्रामी अवार्डको इतिहासमा बियोन्से सबैभन्दा बढी आफ्नो नाम लेखाउने पप स्टार हुन् । – एजेन्सी















प्रतिक्रिया