२९ आश्विन २०८३, बिहिबार

केटाहरूले विद्यालयमा स्कर्ट लगाएपछि ‘बबाल’

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । बेलायतको डेभोनमा प्रशासनले करिब ३० जना विद्यार्थीलाई सर्ट लगाएर स्कुल आउन रोक लगाएपछि उनीहरूले स्कर्ट लगाएर विरोध जनाएका छन् ।

एक्सेटरको आईएससीए एकेडेमीमा छात्रले बढ्दो गर्मीका कारण स्कुल पोसाक परिवर्तन गर्न आग्रह गरेका थिए । स्कुलले अस्वीकार गरेको थियो ।

डेनोब लाइभका अनुसार स्कुलकी प्रधानाध्यापक एमी मिसेलले सर्ट स्कुलको युनिफर्म नभएकाले सो पोसाक लगाउन प्रतिबन्ध लगाइएको हो ।

विद्यार्थीका अनुसार स्कर्ट लगाउने कुरा पनि प्रधानाध्यापकबाटै पाएको र केही समयअघि उनले यस्तो कुुरा गरेको बताएका छन् ।

यसपछि स्कुलले आफ्नो नीतिमा परिवर्तन ल्याउने र प्रधानाध्यापकले त्यसतर्फ संकेतसमेत गरेको विद्यार्थीको बुझाइ छ । – एजेन्सी