३० आश्विन २०८३, शुक्रबार

तिहारमा मिठाइ खाँदा ज्यान जाला है

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mithaiकाठमाडौं, ३ कात्तिक । तिहारमा मिठाइ किन्दा होस पुर्‍याउनुस् है ? नाफाखोर व्यापारीले भीडभाडको मौका छोपेर गुणस्तरहीन नक्कली मिठाई भिडाउन सक्छन्।

विज्ञले सतर्क भएर विश्वासिलो पसलबाट मात्रै मिठाई किन्न सुझाव दिएका छन्।

पर्वका अवसरमा मुख मिठो पार्न नक्कली मिठाईको थोरै प्रयोगले पनि दीर्घकालीन रोग लाग्न सक्छ। विज्ञका अनुसार तिहारमा बासी, सडेका र मिसावट भएका खुवाको मिठाई बनाएर बिक्री गर्ने धेरै सम्भावना हुन्छ।

नक्कली घिउतेलमा तारेर अखाद्य रङको प्रयोग तथा चाँदीको वर्क हालिएका रंगीचंगी स्वादिला मिठाईले पनि स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउन सक्ने समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

नक्कली दूधबाट निर्मित खुवाको मिठाई पनि अस्वस्थकर हुन सक्छ। वरिष्ठ खाद्यविज्ञ डा। दिलीप सुब्बाका अनुसार चाँदीको वर्क लगाइएको मिठाई स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छ।

माथिल्लो तहमा सेतो टल्कने चाँदीको जलप लागेको मिठाई खान नहुने उनले बताए। चाँदीको वर्क गल्न नसक्ने भएकाले यसले स्वास्थ्यमा समस्या पार्छ।

भारतको लखनउस्थित इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च सेन्टर र सिमलास्थित इन्दिरा गान्धी मेडिकल कलेजको अध्ययनअनुसार आल्मुनियम सस्तो भएकाले मिठाई चम्काउन व्यवसायीले यसको प्रयोग गर्न थालेका छन्। यसले सीधै कलेजो र आन्द्रामा असर पार्छ सुब्बाले भने।

अध्ययनअनुसार चाँदी र आल्मुनियमको वर्कमा निकेल, लेड, क्रोमियम र क्याडियम तत्त्व पाइन्छ। यस्ता मिठाईको खाँदा क्यान्सर, कलेजो, मिर्गौला र घाँटीसम्बन्धी रोग लाग्न सक्छ।

अध्ययनअनुसार चाँदीको वर्क आफैंमा शुद्ध शाकाहारी होइन। चाँदीको पातलो चेप्टो टुक्रा बनाउन गाईको ताजा आन्द्राको प्रयोग गरिन्छ।

गाईको आन्द्राबिना चाँदी वा आल्मुनियमको वर्क बन्न नसक्ने भारतीय अध्ययनले ठोकुवा गरेको छ।