२९ आश्विन २०८३, बिहिबार

आईएमईको ‘विदेशमा परिवार भेट योजना’ मा रुपन्देहीका अमिरका थारु विजेता घोषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ime pariwarbhet@bizmandu (13)

काठमाडौँ, २ कार्तिक । आईएमईले सेवाग्राहीमुखी रेमिटेन्स क्षेत्रको सर्वाधिक लोकप्रिय कार्यक्रम  ‘विदेशमा परिवार भेट’ योजनाको सबभन्दा आकर्षणको केन्द्र भएको विदेशमा रहेका आफन्तलाई सपरिवार भेट्न जाने सर्वाधिक भाग्यशाली पुरस्कार विजेता सेवाग्राही एक भव्य कार्यक्रमको आयोजना गरि बम्पर लक्की ड्र को माध्यमबाट सार्वजनिक गरेको छ ।

यो योजना गत भाद्र १६ देखि असोज १९ सम्म सञ्चालन गरिएको थियो । उक्त समय भित्र आईएमई गर्ने सेवाग्राहीलाई बम्पर लक्की ड्र मा समावेश गरिएको थियो ।

बम्पर लक्की ड्र सार्वजनिक कार्यक्रममा आईएमईका ब्राण्ड एम्वेसडर दिपाश्री निरौला, विभिन्न सञ्चार संम्बद्घ संस्थामा कार्यरत संचारकर्मी, आईएमईका कर्मचारीहरु, योजनाका अन्य साप्ताहिक तथा दैनिक विजेताहरुको उपस्थितिमा कम्पनीका कार्यकारी अध्यक्ष चन्द«प्रसाद ढकाल र आईएमईका ब्राण्ड एम्वेसडर निरौलाले संयुक्त रुपमा रुपन्देही, रुद्र पुरका अमिरका थारु लाई ‘विदेशमा परिवार भेट’ योजनाको विजेता घोषणा गर्नुभयो ।

विजेताले पठाएको रकम चन्द्रकला थारुले रुद्रपुरमा रहेको साईन रेसुङ्गा डेभलपमेन्ट बैकको शाखाबाट भुक्तानी लिनुभएको थियो ।  विजेता बनेसँगै अमरिका थारुका ४ जना परिवारका सदस्यले आईएमईको ‘विदेशमा परिवार भेट’ योजना अनुसार मलेशियामा ५ दिनको भ्रमण गर्न पाउनेछन् भने भ्रमणको सवैखर्च आईएमईले गर्नेछ ।

‘विदेशमा परिवार भेट’ योजनाको अवधीभरमा अन्तराष्ट्रिय तर्फ भुक्तानी पाउने तर्फ देशका विभिन्न भु–भागका ३३ जना भाग्यशाली सेवाग्राहीले दैनिक उपहार विधाको  लगेजब्याग, ५ जना भाग्यशाली सेवाग्राहिले साप्ताहिक उपहार विधाको डिजीटल क्यामरा साथै विदेशबाट आईएमई गर्नेहरुको विधामा पनि त्यतिनै संख्यामा ३३ जनाले स्मार्टफोन, ५ जनाले आईप्याड पुरस्कार स्वरुप हात पारिसकेका छन् ।