३ कार्तिक २०८३, मंगलबार

एमालेको नयाँ चुनावी गीत सार्वजनिक (भिडियो)

13.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यति बेला सबैको ध्यान दोस्रो चरणको स्थानिय निर्वाचनमा गएको छ । विभिन्न राजनितिक पार्टीहरुले विभिन्न किसिमका चुनावी
नाराहरुलाई लिएर जनताका माझमा गैरहेका छन् ।

जनतालाई प्रभावित पार्न र जनतालाई आफुतिर आकर्षित पार्नका लागी राजतिक पार्टीहरुले गीतसंगीतलाई आफ्नो चुनावी प्रचारको कडीका रुपमा पनि लिने गरेका छन् । त्यसमा काग्रेस, एमाले, माओवादी, राप्रपा लगाएतका विभिन्न पार्टीहरुका विच सांगीतिक प्रतिस्पर्धा नै भएको देखिन्छ ।

देवी हमाल, बद्री पंगेनी, राज सागर लगायतका थुप्रै गायक गायिकाले विभिन्न पार्टीको गीत गाएका छन् । त्यसैगरी दोश्रो चरणको चुनावको लागी भनेर यति वेला पार्टीसंग आस्था राख्ने कलाकारहरुले गीत संगीतलाई जनतामाझ ल्याउने क्रममा पनि तिव्रता आईरहेको छ ।

मोती राज खनाल र मञ्जु गुरुङको स्वरमा हालै मात्रै एमालेको चुनावी अभियानका लागी भनेर नयाँ नेपाल निर्माण अव एमालेले गर्छ वोलको गीतलाई जनता सामु लिएर आएका छन् । जसको शव्द संगीत मोती राज खनाल स्वंयमले नै गरेका छन् ।

१० मिनेट लामो गीत लोक लयमा आधारित रहेको छ । जसको भिडियो पनि हालसालै सार्वजानिक गरिएको निर्माण पक्षले जानकारी गराएको छ । उक्त भिडियोलाई रुपेश थिङले निर्देशन गरेका छन् भने समिर लामा, उमेश श्रेष्ठ, मुकुन्द भुषाल, नरहरि घिमिरे लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

हेर्नुस् भिडियोः