२९ आश्विन २०८३, बिहिबार

दार्जिलिङमा आन्दोलन चर्किएका बेला यो ‘डकुमेन्ट्री’ भाइरल बन्यो

31.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । दार्जिलिङ यति बेला रणमैदानमा बदलिएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बंगाली भाषालाई सबै सरकारी विद्यालयहरूमा अनिर्वाय बनाएपछि भड्किएका नेपाली भाषी भारतीयहरूले गोर्खाल्याण्ड आन्दोलनलाई चर्काएका हुन् ।

दार्जिलिङमा नेपाली भार्षीले चलाएको आन्दोलनलाई ममता बेनर्जीले आतंककारी भनेर दमन गर्न थालेकी छिन् । उनको यो कठोर र गलत कमदको भारतभरि विरोध सुरु भएको छ । तीन जना नेपाली भाषी भारतीयले गोर्खाल्याण्डको मागका कारण आफ्नो ज्यान पनि गुमाइ सकेका छन् ।

एक करोडभन्दा धेरैको संख्यामा रहेका नेपाली भाषी भारतीय नागरिकहरूले अब आफ्नो आन्दोलनलाई यत्तिकै छाड्ने पक्षमा छैनन् । यही अवस्थामा भारतीयहरूले नै तयार पारेको नेपाली भाषी भारतीयले भारतमा पुर्‍याएको योगदानसम्बन्धी डकुमेन्ट्री सार्वजनिक भएको छ ।

यो डकुमेन्ट्रीलाई पछिल्लो समय नेपाली भाषी चाहे नेपालका हुन् वा भारतका वा विश्वका कुनै पनि स्थानका किन नहुन् सामाजिक सञ्जालमा शेयर गरेर भाइरल बनाइ रहेका छन् । बिडम्बना दार्जिलिङमा ममता बेनर्जीले इन्टरनेट, समाचार च्यानलहरू बन्द गरिदिएर ठूलो अन्याय गरेकी छिन् ।