
एमालेले दिनदिनै मधेशी नेताहरुलाई पार्टीमा भित्राइरहेको छ नि, लहर आएको हो कि विकल्प खोजेका हुन् मधेशी नेताले ?
जसरी मधेश केन्द्रीत दलले देशलाई अनिर्णयको बन्दी बनाएका छन् । त्योप्रति मधेशमा निकै ठूलो आक्रोश छ । चुनाव नै हुन नदिने, देशमा संविधान नै कार्यान्वयन हुन गर्न नदिन आन्दोलन गर्ने जस्ता खेल भइरहेको छ । त्यही भएर मधेश केन्द्रीत दलमा पार्टी छाड्ने क्रम बढेको छ । मधेश केन्द्रीत दलहरुसँग अब एजेन्डा नै छैन् । देशलाई समृद्धि र विकास चाहिएको छ, यो छाडेर देशलाई अनिर्णयको बन्दी बनाउने, सँधै समस्यामात्रै सिर्जना गर्ने कुराले मधेश केन्द्रीत दलका नेताहरुले पार्टी छाडेका हुन् ।
यो बीचमा मधेशमा एमालेमा को-को आए ?
आइतबारमात्रै राजपाकी केन्द्रीय कोषाध्यष अनिता यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ एमालेमा प्रवेश गरे । यो त धनुषा जिल्लाको मात्र कुरा भयो । अन्य जिल्ला र गाउँतहमा त दिनहुँजसो नेता कार्यकर्ताहरु एमाले प्रवेश गरिरहेका छन् । हामीले केन्द्रीयस्तरमा पनि नेताहरुसँग छलफल गरिरहेका छन् । उनीहरु एमाले आउने कुरा भइरहेको छ ।
राजपा र अन्य पार्टीका नेताहरुसँग कुरा चलिरहेको छ । उनीहरु सकारात्मक देखिएका छन् ।
केन्द्रीय स्तरमा को-को आउँदैछन् ?
राजपा र अन्य पार्टीका नेताहरुसँग कुरा चलिरहेको छ । उनीहरु सकारात्मक देखिएका छन् ।
एमालेलाई मधेशविरोधी आरोप पनि लागिरहेको छ । फेरि मधेशी दलका नेताहरु एमालेमा प्रवेश गरिरहेका छन्, किन हो ?
कसैले आरोप लगाउँदैमा एमाले मधेशविरोधी हुन्छ ? हामी भनिरहेका छौँ, ल ठीक छ त्यसो भए एमाले मधेशविरोध पार्टी हो भने चुनाव गराउँ, जनताले हामीलाई पत्ताएनन् भने हामी चित्त बुझाउँला । तर, उनीहरु चुनावमा जान डराइरहेका छन् । एमालेको जनमत बलियो भएको उनीहरुलाई राम्रोसँग थाहा छ ।
एमालेले भूमिगतकालदेखि नै ठूलाठूला वर्गीय र सामाजिक सांस्कृतिक आन्दोलन मधेशमै गरेको छ । भूमिगत कालमा पनि ‘रे नै जी कहो’, ‘मतसुक च्यात्ने’ आन्दोलन चलाउने एमाले नै हो ।
एमाले सरकारमा हुँदा नै मधेशमा ठूला ठूला विकासका योजनाका लागि बजेट छुट्याएको छ । हामी भन्दैछौँ, हामी जसरी मधेश केन्द्रीत योजना तथा बजेट गएको छ, त्यसलाई जनताले राम्रोसँग बुझेका छन् । हामीले जे भनेका छौँ, त्यो पूरा गरेका छौँ । त्यसैले मधेशका जनताले एमालेलाई भारी मत दिन्छन् । ठीक छ, जनताले पत्याएनन् भने पनि हामी चित्त बुझाउँला । तर, चुनाव भयो भने हामी मजबुतीका साथ एकनम्बर पार्टीमा आउँछौँ ।
त्यसो भए मधेश केन्द्रीत दलहरुलाई के भन्नुहुन्छ ?
अहिले चुनाव गर्न दिउँ । आन्दोलन पछि गर्दै गरौँला । किनकी चुनाव रोकेर उनीहरुलाई केही फाइदा छैन् । आन्दोलन गर्ने मौका त भोलि पनि आउँछ नि ।
प्रस्तुति: दैनिक नेपाल डेक्स













प्रतिक्रिया