९ मंसिर २०८३, बुधबार

दोस्रो चरणको निर्वाचनः माओवादी केन्द्रले खोल्यो खाता, रोल्पाबाट विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लिवाङ, ५ असार । सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत रोल्पाबाट विजयी सुरुवात गरेको छ ।

आइतबार सम्पन्न उम्मेदवार मनोनयनमा थवाङ गाउँपालिकाको दलित वडा सदस्यमा अन्य दलबाट कसैको उम्मेदवारी नपरेपछि वडा नम्बर ३ मा माओवादी केन्द्रका रामकुमारी कामी र वडा नम्बर ४ मा माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

थवाङ गाउँपालिकाका निर्वाचन अधिकृत कमलबहादुर बिष्टका अनुसार निर्बिरोध दुबै जनालाई चुनाव चिन्ह प्रदान गर्ने दिन निर्बिरोध भएको औपचारिक घोषणा गरिनेछ ।

थवाङमा गाउँपालिकामा कांग्रेस र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन् । एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै चुनाव लडेका छन् ।

थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव समूहका अमित घर्ती र उपाध्यक्षमा कांग्रेसकी श्रीकुमारी रोका उम्मेदवार छिन् ।

थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्ष तथा माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ अध्यक्ष र रामकिरणी रोकामगर उपाध्यक्षको उम्मेदवार छन् ।