काठमाडौं, ५ असार । संसारकै प्रख्यात योग गुरु बाबा रामदेवले नेपाली भाषीको गोर्खाल्याण्ड आन्दोलनमा समर्थन जनाएका छन् । र, गोर्खाल्याण्ड बन्नुपर्ने आफ्नो धारणा राखेका छन् ।
गोर्खालीको जायज माग रहेको भन्दै सञ्चारकर्मीसँग उनले भनेका छन– वर्र्षाैदेखि भारतका लागि लडेका गोर्खाहरुले मागेको गोर्खाल्याण्ड दिनुपर्छ । भारतमा पञ्जाबी, मराठी, तमिल भाषाहरुको छुट्टै राज्य बन्न हुने तर दार्जिलिङमा गोर्खाल्याण्ड किन बन्न नहुने ? यसकारण नेपाली भाषीहरुको माग जायज छ । नेपाली भाषीहरुले एउटा राज्यको माग गर्नु कुनै अपराध होइन् । त्यसैले भारतीय सरकारले नेपाली भाषीको यो माग पूरा गर्नुपर्छ ।’
नेपालीहरुको माग पूरा गर्न भारतीय सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
हेर्नुस् भिडियो:
यस्तै भारतीय जनता पार्टीका सांसद एसएस वालुवालियाले पनि नेपाली भाषीहरुको गोर्खाल्याण्ड राज्यको मागलाई समर्थन जनाएका छन् ।
हेर्नुस् भिडियो:
https://www.youtube.com/watch?v=HeIrTcdJtHk














प्रतिक्रिया