
काठमाडौं, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले असार १५ गतेपछि मन्त्रिमण्डल बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा जानेहरूको सूची तयार पारेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका शीर्ष नेतासँगको सल्लाहपछि सरकारमा जानेको नाम मन्त्रीका लागि छनोट गरेको उच्च स्रोतले जनाएको छ । सांसद शिवकुमार मण्डल, श्यामकुमार श्रेष्ठ र कालिकोटका महेन्द्र शाहीलाई मन्त्री बनाउने तयारी भएको छ ।
मण्डलले आपूर्ति र श्रेष्ठले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने बुझिएको छ । शाहीलाई दिने मन्त्रालयको टुंगो लागेको छैन । मन्त्री बन्ने सूचीमा सांसद रेखा शर्माको नाम पनि रहेको छ ।
सन्तकुमार थारु र मानबहादुर थारुमध्ये एकजना पनि मन्त्री बन्ने लाइनमा छन् । त्यसैगरी गिरिराजमणि पोख्रेलपनि नारायणकाजी श्रेष्ठ समूहबाट मन्त्री बन्ने पक्का रहेको बताइन्छ ।
राज्यमन्त्रीमा सृजना तरामु मगर, सीता नेपाली, सुरेन्द्रप्रसाद जैशवाल, लालेन्द्रकुमार मण्डलको चर्चा रहेको छ ।











प्रतिक्रिया