सुनसरी, २ कार्तिक । धरानको एक रेष्टुरेन्ट एण्ड वार भित्र तास खेलिरहेको अवस्थामा संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसहित नौं जना पक्राउ परेका छन् ।
सुनसरीको धरान–१३ स्थित चौतारी रेष्टुरेन्ट एण्ड वारबाट उक्त पार्टीका केन्द्रीय सदस्य भिम राइ सहित ९ जना प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
धरान प्रहरीले तीन बुङ ताससहित ६२ हजार नगदसमेत बरामद गरेको छ ।
स्थानीयले दिएको सूचना तथा विशेष सुराकीको आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।
पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरिने इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
















प्रतिक्रिया