१५ कार्तिक २०८३, आइतबार

ठूलो छाती भएका अमेरिकन नागरिक, जसले नेपालीहरूको मन जित्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । विभिन्न समयमा नेपालबाट अमेरिका पु-याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् ।

अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उहाँकै इच्छापत्रबमोजिम उहाँका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गर्नुभएको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर र १७औँ शताब्दीका मञ्जुश्रीका मूर्तिहरू रहेको पुरातत्व विभागले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

ती मूर्तिहरू ढलौट, काँस र तामाको मिश्रणबाट बनेका र सुनका जलप लगाइएका छन् ।

ती मूर्ति कहाँ थिए र कसरी अमेरिका पुगे भन्ने विषयमा भने हाल कुनै जानकारी नभएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

ती मूर्ति कहिले कहाँबाट हराएका हुन् र हराएको विषयमा कुनै निवदेन परे नपरेको सम्बन्धमा अनुसन्धान अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।

त्यस्तै मूर्ति सङ्ग्रह गरेर राख्ने व्यक्तिका बारेमा पनि थप जानकारी विभागसँग छैन ।

ती मूर्तिका सम्बन्धमा जोन म्याग २२५, वेस्ट ८६औँ स्ट्रिट काउन्सिलर एट ल न्युयोर्कबाट विभागमा गत मे ३० मा पत्र प्राप्त भएपछि फिर्ता ल्याउने प्रयास थालिएको थियो ।

कार्गो कम्पनी डीएचएल इनभ्वाइसले ती वस्तुको मूल्य १० हजार अमेरिकी डलर राखेकोमा अर्थ मन्त्रालयले उक्त मूल्य छुट गराएर मूर्ति फिर्ता ल्याइएको महानिर्देशक दाहालले बताउनुभयो ।