रवि रोषी
दोहा । बाग्लुङ सेवा समाज दोहा कतारले शुभ दीपावलीको अवसरमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रिय स्तरकी चर्चित लोक गायिका देविका केसी गुरुङको संयोजकत्व तथा छम परियारको व्यवस्थापनमा आयोजना हुन गएको सो कार्यक्रममा कतारका स्थापित कलाकारहरुको सांगीतिक प्रस्तुती सहित देउसी भैलो कार्यक्रम गरिने कुरा लोक गायिका देविका केसी गुरुङले बताउनुभयो ।
अक्टोबर २३, २४ र २५ गरी ३ दिन खेल्न लागिएको सो देउसी कार्यक्रममा नेपाली बाद्यवादन सहित पञ्चेबाजा पनि रहने गायिका केसीले बताउनुभयो । बाग्लुङ सेवा समाज आयोजक रहेको सो कार्यक्रममा नेपाली मौलिक देउसी भैलो गीत र पारम्परिक भेषभूषामा सजिएर मौलिक देउसी नृत्य पनि प्रदर्शन गरिने कुरा पनि गायिका केसीले बताउनुभयो ।













प्रतिक्रिया