रवि रोषी
दोहा । गुल्मी सेवा समाजले कतारमा देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । नज्माको इष्ट वेष्ट होटलमा सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
नेपाली चाडपर्व र परम्परालाई प्रवासमा पनि मर्न नदिनका लागि देउसी भैलो कार्यक्रमको आयोजना गर्न लागिएको गुल्मी सेवा समाजका अध्यक्ष शिव खड्काले बताउनुभयो ।
उक्त देउसी भैलो कार्यक्रम आउँदो अक्टोबर २४ तारिखका दिन १२.३० बाट सुरु हुने पनि अध्यक्ष्य खड्काले समाजको विशेष कार्यक्रममा बताउनुभयो ।
त्यसैगरी नेवा पुचः कतारले पनि नेपाल सम्बत ११३५ न्हुँ दया भिन्तुना र दीपावली मनाउने भएको छ ।
नेवा पुचः कतारले सो अवसरमा नेवारी समुदायले मनाउने म्हः पूजा र शुभ दीपावली गर्ने कार्यक्रमकोे आयोजना गरिनुको साथै सबैबीच शुभकामना आदानप्रदान कार्यक्रम पनि राखिएको बताइएको छ ।
विभिन्न रंग र रंगीन पिठोबाट सफा भुईंमा मण्डला बनाई नेवारी परम्परा अनुसार गरिने विधिवत पुजा नेवा पुचः ले विगतका बर्ष देखि पनि हर्षोल्लासपुर्ण ढंगबाट मनाउँदै आएको र यस बर्ष पनि यसलाई निरन्तरता दिन लागेको नेवा पुचः कतारका अध्यक्ष किशोर महर्जनले बताउनुभयो ।
उक्त म्हः पुजा तथा दीपावली कार्यक्रम कतारको ओयसीस होटल एण्ड वीच क्लवको सभाहलमा २४ अक्टोबर का दिन दिउँसो २ बजे देखि ६ बजे सम्म हुने भएको जानकारी दिएको छ ।













प्रतिक्रिया