म्याग्दी, २ कार्तिक । अरिङ्गालको टोकाइले म्याग्दीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
अरिङ्गालको टोकाइबाट ५५ वर्षका दल पुरी, उनकी श्रीमती ४५ वर्षकी शिवा पुरी र १२ वर्षका छोरा आशीष पुरीको मृत्यु भएको हो ।
उनीहरु ती जान बेनी नगरपालिका वडा नंं. ९ घतान काउले गौडाका हुन् ।
शनिबार घाँस काट्न गएका उनीहरुलाई अरिङ्गालले टोकेको थियो ।
टोकाइबाट गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि पोखराको मणिपाल अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा तीनै जनाको गएराति मृत्यु भएको हो । मृतकको शवलाई राति नै बेनी ल्याइएको छ ।















प्रतिक्रिया