
काठमाडौं, ४ असार । प्रधानमन्त्रीमा निर्वाचित भएको १४औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारीनिवास बालुवाटार सर्ने तयारी गरेका छन् ।
रंगरोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पाँच असारमा बालुवाटार सर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
सोमबार पाँच बजे बालुवाटार प्रवेश गरिसकेपछि ६ बजेभित्र पूजाआजा गरिसक्ने गरी तालिका तय भएको बुढानिलकण्ठ स्रोत बताउँछ ।
यसअघिका प्रधानमन्त्रीहरूले बालुवाटार सर्दा गर्ने गरेको जस्तै पूजाको विधि गर्ने तयारी छ । पूजासहित बोकाको बलिसमेत दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।












प्रतिक्रिया