काठमाडौं, २ कात्तिक । राजधानीको झोंछेस्थित न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगाबाट खसेझैं भए, जब एचएन्डबी डेभलपमेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड रुपैयाँ गायब भएको थाहा पाए।
२०७० पुसको घटना हो यो। खातावालले स्टेटमेन्ट मागेपछि जुनसुकै बैंकले तुरुन्तै दिने गर्छन्।
एचएन्डबी कुलेश्वर शाखा पुगेर खाताको वित्तीय विवरण (स्टेटमेन्ट) मागेका उनलाई बैंकले आलटाल गर्यो। दुई–चार पटक धाउँदा पनि दिएन। उनी बाध्य भएर बैंकको कमलादीस्थित केन्द्रीय कार्यालय पुगे। त्यहाँ पनि कहिले अध्यक्ष छैनन् त कहिले सिइओ छैनन् भन्दै थप १५ दिन झुलाइयो भन्ने समाचार आजको नागरिक दैनिकले छापेको छ ।
‘स्टेटमेन्ट लिन अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किन चाहियो’ उनले आक्रोश पोखे।
त्यसपछि बल्लतल्ल माघ १९ मा उनको हातमा स्टेटमेन्ट पर्यो।
‘स्टेटमेन्ट हात परेपछि त म झन्डै बेहोस भएँ,’ अग्रवालले त्यसबेलाको घटना सम्झँदै शनिबार भने, ‘बैंकले बिनाजानकारी मेरो खाताबाट पटक–पटक गरी २ करोड ७८ लाख रुपैयाँ झिकेको रहेछ।’
त्यति मात्र होइन, यहीबीचमा उनले आफ्नो खातामा जम्मा गरेको २ करोड रुपैयाँ पनि खातामा थिएन। त्यसको भौचर भने उनीसँग सुरक्षित थियो।
अग्रवालका अनुसार स्टेटमेन्टमा ‘सेल्फ’ (आफैं) नामका चेकबाट २०६९ असोज २८ ९२०१२ अक्टोबर १४० मा एकै दिन ९ पटक गरी २ करोड २८ लाख रुपैयाँ झिकिएको देखियो। त्यसपछि कात्तिक १७ (नोभेम्बर २) मा दुईपटक छोरा प्रशान्तका नामबाट ५० लाख रुपैयाँ झिकिएको स्टेटमेन्टमा देखियो।
‘हामीले २०६९ कात्तिक ३ (२०१२ अक्टोबर १९) मा एक करोड र कात्तिक २७ (नोभेम्बर १२) मा फेरि एक करोड रुपैयाँ जम्मा गरेका थियौं,’ अग्रवालले भने, ‘बैंकले नगद बुझेर भौचर पनि दियो, पछि स्टेटमेन्ट हेर्दा त्यो दुई करोड हाम्रो खातामा जम्मा नै गरिएको देखिएन।’
स्टेटमेन्ट हेर्दै जाँदा अग्रवाल अझ तीनचित खाए, जब उनको फर्मलाई एचएन्डबी बैंकले बिनाजानकारी १ करोड ५० लाख रुपैयाँ ऋण दिएको देखियो। ‘हामीलाई सुइँको समेत नदिई डेढ करोड ऋण दिइएको रहेछ, र त्यसलगत्तै त्यो रकम झिकिसकिएको रहेछ,’ उनले भने, ‘जब कि हामीले ऋणका लागि निवेदनै दिएका थिएनौं।’















प्रतिक्रिया