३० आश्विन २०८३, शुक्रबार

प्रहरीमै सात वर्षदेखि अधिकार खोज्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal_policeकाठमाडौं, २ कात्तिक । महानगरीय प्रहरी अवधारणाअनुसारको अधिकार खोज्दाखोज्दै आयुक्त कार्यालयको सात वर्ष बितेको छ।

२०६३ मंसिरमा महानगरीय प्रहरी संरचनामा उपत्यकाको प्रहरी संगठन परिवर्तन भएको हो। आगामी मंसिर १ गते महानगरीय प्रहरी आठौं वर्षमा प्रवेश गर्दैछ।

आयुक्त कार्यालय प्रमुख भएर आउने सबैको पहिलो उद्देश्य महानगरीय प्रहरीको अवधारणाअनुसार संगठनलाई अधिकार सम्पन्न बनाउने रहन्छ।

तर अहिलेसम्म त्यो काम हुनसकेको छैन। आयुक्त कार्यालयले २०६३ यता ६ जना हाकिम पाएको छ।

आयुक्त कार्यालय प्रमुख भएर डीआईजी भरत जीसी, एआईजी मदनबहादुर खड्का, अर्जुनजंग शाही, कुवेरसिंह राना र नवराज ढकालले काम गरिसकेका छन्।

अहिले यस कार्यालयको नेतृत्व एआईजी विज्ञानराज शर्माले गरिरहेका छन्।

वर्तमान प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल महानगरीय प्रहरीअन्तर्गतकै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भएका थिए। उनी प्रहरी प्रमुख भएको पनि मंसिरमै एक वर्ष पुग्दैछ।

तर महानगरीय प्रहरीलाई अधिकार दिने कुरामा उनले खासै पहल गरेका छैनन्। सरुवाबढुवामै रुमल्लिएका अर्यालले महानगरीय प्रहरीलाई अधिकार दिने कुरामा ध्यान दिन सकेका छैनन्।

प्रहरी मुख्यालयका हालका केही विभागीय प्रमुखसमेत महानगरीय प्रहरीअन्तर्गत काम गरिसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

कार्य विभागका प्रमुख गणेश राई, अपराध अनुसन्धान विभागका प्रमुख सुरेन्द्रबहादुर शाह, सुरक्षा परिषद्का एआईजी नारायण वास्ताकोटी, मानव स्रोतका एआईजी रमेशशेखर बज्राचार्यले महानगरीय प्रहरीअन्तर्गत रहेर काम गरेका हुन्।