
बिराटनगर, ३ असार। विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले र मधेशी जनअधिकार
फोरम लोकतान्त्रिकबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
नेकपा एमाले र विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबीच तालमेल गर्ने सहमति भएको हो । सहमति अनुसार, एमालेले मेयर र फोरम लोकतान्त्रिकले उपमेयर लिने भएको छ । एमालेले यसअघि नै पार्टी जिल्ला अध्यक्ष विनोद ढकाललाई उम्मेदवार बनाइसकेको छ भने फोरम लोकतान्त्रिकले उम्मेदवार घोषणा गर्न बाँकी छ ।
वडाहरुमा पनि कसरी मिलाउने भन्ने बारे छलफल भइरहेको एमालेले जनाएको छ ।











प्रतिक्रिया