२९ आश्विन २०८३, बिहिबार

रेष्टुराँमा खाएको बिल तिर्न ओबामाको क्रेडिट कार्डले काम नगरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obamaकाठमाडौं, १ कार्तिक । गत महिना एक रेष्टुराँमा खाएको बिल तिर्ने क्रममा अमेरिकी राष्ट्रपति बाराक ओबामाको क्रेडिट कार्डले काम गरेन ।

तर, संयोगवस मिसेल ओबामासँग अर्को क्रेडिट कार्ड थियो, त्यसबाट उनीहरुले बिल तिरे ।
ओबामालाई सुरुमा लागेको थियो यो स्टाफहरुबाट भएको बदमासी हो ।

तर, पछि आफूले नियमित र सहीरुपमा प्रयोग नगरेका कारण क्रेडिट कार्ड नचलेको थाहा पाएको ओबामाले बताएका छन् । एक सार्वजनिक कार्यक्रममा ओबामाले भने– ‘म कहिले काहिँमात्रै यसको प्रयोग गर्छु, यही कारणले यस्तो भयो ।’

ओबामाले कन्ज्यूमर फाइनान्सियल प्रोटेक्शन ब्यूरोमा संघीय सरकारको योजनाको लाभ उठाउने डेबिट कार्ड बाहकको सुरक्षासँग जोडिएको एक योजनाको घोषणा गर्ने क्रममा आफ्नो यस्तो अनुभव सुनाएका हुन् ।

बीबीसीका अनुसार बेलाबेला ओबामाले रेष्टुराँमा नगद नै रकम बुझाएको भेटिएको छ । जुलाइमा टेक्सासको एक रेष्टुराँमा ओबामाले ४ सय डलरभन्दा बढी रकम भने क्रेडिट कार्डबाटै तिरेका थिए ।