१५ कार्तिक २०८३, आइतबार

देउवाको कुण्डलीमा ‘राहु अष्टम’, बुढानिलकण्ठमै अड्किए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् ।

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ ।

ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन् ।