१५ कार्तिक २०८३, आइतबार

दाङमा फेरि पनि खुमबहदुरको दब्दबा, तीन ठूला नगरमा उम्मेदवारको टुङ्गो लाग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १ असार  । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशको उम्मेदवारको टुङ्गो लगाएको छ ।

पार्टीको केन्द्रीय पदाधिकारीको  बुधबार बसेको बैठकले प्रदेश नंं. १, ५ र ७ का उम्मेदवारको टुङ्गो लगाएको पार्टी केन्द्रीय सचिवालयले जानकारी दिएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

एकभन्दा बढी आकाङ्क्षी रहेको विराटनगर र दाङको उम्मेदवार पनि टुङ्गो लगाइएको छ ।   पार्टीका प्रभावशाली नेता खुमबहादुर खड्काको जिल्ला दाङको तुलसीपुर र घोराही नगरपालिकाका उम्मेदवार चयन गर्न निकै पटकको बैठक विफल हुँदै आएको थियो ।  बुधबारको बैठकले  तुलसीपुरमा गेहेन्द्र गिरी र घोराही नगरपालिका  प्रमुखमा  भूपबहादुर डाँगीलाई  उम्मेदवार बनाएको छ ।

त्यस्तै तुलसीपुर नगरपालिकाको उपप्रमुखमा देविका नेपाली र घोराहीको उपप्रमुखमा पुष्पा श्रेष्ठलाई उम्मेदवार बनाइएको पार्टी सचिवालयले जानकारी दिएको छ ।  पार्टीले लमही नगरपालिकाको प्रमुखमा जोगराज चौधरी र उपप्रमुखमा देविका बेलबासेलाई टिकट दिएको छ  ।

त्यस्तै बुधबारको बैठकले विराटनगर महानगरपालिकाको प्रमुखका लागि भीम पराजुली र उपप्रमुखकका लागि इन्दिरा कार्कीलाई टिकट दिएको पार्टी सचिवालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

बुधबारको बैठकमा २ नम्बर प्रदेशका उम्मेदवारबारे छलफल भएको छ ।  २ नम्बर प्रदेशका केन्द्रीय नेता, जिल्ला सभापतिहरूले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावको विरोध गरिरहेको अवस्थामा जबर्जस्ती निर्वाचन गर्नुको साटो सहमति गरेर निर्वाचनमा जानु उपयुक्त हुने धारणा राखेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।