३० आश्विन २०८३, शुक्रबार

रक्सी चोर्न माहिर सरकारी कर्मचारी, कता गयो सात लाखको रक्सी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiकाठमाडौं, १ कार्तिक । कूटनीतिक नियोग तथा सरकारी प्रयोजनका लागि भन्सार छूट (ड्युटी फ्री)मा आयात उच्चस्तरका महँगा मदिरा नेसनल ट्रेडिङ लिमिटेडका कर्मचारीले गायब पारेका छन्।

ट्रेडिङको रामशाहपथस्थित बन्डेड वेयर हाउस तथा ड्युटी फ्री पसल केन्द्रबाट यसपटक करिब सात लाख मूल्यबराबरको मदिरा चोरी भएको हो ।

ड्युटी फ्रीमा ल्याइने मदिरा राजधानीस्थित विदेशी कूटनीतिक नियोगले खरिद गर्दै आएका छन्। बन्डेड वेयर हाउसबाट महँगा रक्सी हराएको यो पहिलोपटक भने होइन।

यसअघि पनि ट्रेडिङमा कार्यरत कर्मचारीको मिलोमतोमा २३ लाख रुपैयाँभन्दा बढीको मदिरा हिनाममिना भएको समाचार गत फागुन पहिलो साता कसले पियो एक्‍काईस लाखको रक्सी शीर्षकमा छापेको थियो।

आन्तरिक छानबिनका क्रममा त्यतिबेला सात प्रकारका एक हजार ९० थान उच्चस्तरका रक्सी बन्डेड वेयर हाउसबाट गायब पारिएको तथ्य बाहिर आएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

यसपटक पनि आन्तरिक छानबिनका क्रममा वेयर हाउसको गोदाम नम्बर १६, १७, ४४, ५३ र ५४ बाट भ्याटसहित ६ लाख ८८ हजार दुई सय २३ रुपैयाँबराबरको दुई सय ४५ बोतल उच्चस्तरको वाइन, ह्विस्की र बियर गायब भएको पाइएको हो।

विभिन्न निकायका १४ जना रहेको टोलीले गत जेठ २५ मा वेयर हाउसमा छानबिन गरी भदौ ३१ गते बुझाएको प्रतिवेदनमा सुपरभाइजर दीपेन्द्र अधिकारीको जिम्मा रहेको गोदामबाट महँगा रक्सी हराएको उल्लेख छ।

ट्रेडिङ स्रोतअनुसार अघिल्लोपटक मदिरा गायब भएको विषयमा छानबिन हुँदा दोषी देखिएका अधिकारीको जिम्मामा रहेको गोदामको लगत नबुझ्दै ट्रेडिङले हानिनोक्सानीको अभियोगमा ०७१ जेठ ४ गते उनलाई सेवाबाट बर्खास्त गरेको थियो।