३० आश्विन २०८३, शुक्रबार

कार्तिक १५ देखि सवारीसाधनको भाडा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadiकाठमाडौं, १ कार्तिक । सरकारले सवारीसाधनको भाडामा कात्तिक १५ बाट लागु हुने गरि वृद्धि गरेको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौं १५ मै भाडा बढाउने सहमति भए पनि चाडपर्वलाई मध्यनजर गरेर दुई महिनापछि मात्र लागु गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले जानकारी दिए ।

इन्धनको मूल्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विक्रि हुने भनेर सरकारले घोषणा गरेको एक महिना बित्न नपाउदै सरकारले मूल्य वृद्धिलाई सार्वजनिक गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बीच भएको सहमति अनुसार छोटा तथा लामो दुरीमा चल्ने सार्वजनिक यात्रुबहाक सवारीसाधनमा ५।६३ प्रतिशत वृद्धि गरिएको छ ।

यस्तै, मालबहाकमा भने काठमाडौं-पोखरा-नारायणगढ क्षेत्रसम्ममा ५.२७ प्रतिशत र तराई क्षेत्रमा ५.२१ प्रतिशत भाडा वृद्धि गरिएको हो ।

यस्तै, मिटर जडित ट्याक्सीको भाडामा ६.५८ प्रतिशतले वृद्धि गरिएको छ । लामो दुरीको भाडाको पूर्ण सुची १५ गते भित्रमा यातायात व्यवस्था अन्तरगतका विभिन्न कार्यालय, हरेक जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायमा भाडा सुचीको बुकलेट बनाएर पठाइदिने महानिर्देशक दाहालले बताए ।

यस्तै, उपत्यका तथा शहरी क्षेत्रमा सञ्चालन हुने सवारीसाधन पनि ५.६३ प्रतिशतनै भाडाको दर बढेको छ । ४ किलो मिटरसम्ममा १५ बाट १६, ५ किलोमिटरसम्ममा भने १७ नै, ६ किलोमिटरसम्ममा भने १८ बाट १९, ८ किलो मिटरसम्ममा १९ बाट २०, १० किलो मिटरसम्ममा २१ बाट २२, १३ किलोमिटरसम्ममा २२ बाट २४, १६ किलोमिटरसम्ममा २५ बाट २६, १९ किलोमिटरसम्ममा २६ बाट २७ र १९ किलो मिटरमाथि २७ बाट २९ रूपैंयासम्म बढाइएको छ ।