३१ आश्विन २०८३, शनिबार

कुटपिटबाट सोलुखुम्बुमा एक युवकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोलुखुम्बु, ३१ असोज । जुभिङ–१ सोलुखुम्बुका १९ वर्षीय ल्हाक्पा नुरु शेर्पाको हत्या भएको छ ।

स्थानीय एकाघरका दाजुभाइ १९ वर्षीय दारिञ्जी शेर्पा र २९ वर्षीय आङ देण्डी शेर्पाको कुटाइबाट ल्हाक्पा नुरु शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।

गत असोज २७ गते सामान्य भनाभन हुँदा दाजुभाइले ती युवकलाई कुटपिट गरेको प्रहरीमा मृतकका आफन्तले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

आरोपित दुवैजनालाई प्रहरीले पक्राउ गरी हिजो नै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याइएको छ । उनीहरुले प्रहरीसामु आफूहरुले कुटपिट गरेको स्वीकार गरिसकेका छन् ।