२९ आश्विन २०८३, बिहिबार

सरकार परिवर्तन हुँदैन: भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari

विराटनगर, ३१ असोज । सत्ता साझेदार नेपाली काँग्रेससँग खटपट भइरहँदा नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भने नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गर्नुभयो । काँग्रेससँगको खटपटका कारण एमालेका मन्त्रीहरुले बिहीबार मन्त्रिपरिषद बैठक बहिष्कार गरेका थिए ।

उपाध्यक्ष भण्डारीले सङ्घीयता, शासकीय स्वरुप तथा निर्वाचन प्रणालीलगायतका विषयमा दलहरुबीच सहमति नभए जनताका बीचमा गएर विवादित विषयलाई जनमत सङ्ग्रहबाट टुङ्ग्याउनुपर्ने पर्ने धारणा प्रकट गर्नुभयो ।

एमाले नेत्री भण्डारीले आगामी माघ ८ गते नयाँ संविधान जारी गर्नुबाहेक दलहरुसँग अरु विकल्प नभएकाले दलहरुबीच सहमति नभएका विषयलाई थाती राखेर संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

उहाँले निर्धारित समयमा संविधान जारी नभए मुलुकमा अन्योल छाउने भएकाले जसरी भए पनि संविधान जारी गर्नेतर्फ दलहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।