३१ आश्विन २०८३, शनिबार

अठहत्तर किलो चरेस समात्ने प्रहरी यसरी भए पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-policeभीमदत्तनगर, ३१ असोज । राम्रो काम गरे त्यसको फल पनि राम्रै पाइन्छ भन्ने उदाहरण नेपाल प्रहरीमा देखिएको छ ।

दश दिनअघि ७८ किलो चरेससहित चार अभियुक्त पक्राउ गर्ने प्रहरी नायब निरीक्षकलाई प्रहरी दिवसमा पुरस्कृत गरेर प्रहरी प्रशासनले यस्तो उदाहरण देखाएको हो ।
जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित ५९औँ प्रहरी दिवसका अवसरमा इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दलाई नगदसहित पुरस्कृत गरिएको हो ।

पुनरावेदन अदालत कञ्चनपुरका मुख्य न्यायाधीश कोषनाथ शर्माले चन्दलाई सम्मान गर्नुभएको थियो ।

गाउँलेहरुको सहयोगमा गत असोज २० गते चन्द नेतृत्वको टोली भीमदत्तनगर–११ भुजेलाबाट चरेस र चारजनालाई पक्राउ गर्न सफल भएको थियो ।

प्रहरीले चरेस नष्ट गरिसकेको छ भने पक्राउ परेको चाँदनी गाविसका गाविस–७ का ४२ वर्षीय भानसिंह धामी, ३६ वर्षीय जया सुनार, ४० वर्षीय पंख्या सुनार र ३३ वर्षीय लक्ष्मणसिंह विष्टमाथि कारबाही अगाडि बढाएको छ ।