काठमाडौं, २९ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका आठ जना नेता तथा कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेका सबै कलाकार हुन् ।
आइतबार मध्यराति काठमाडौंको लाजिम्पाटस्थित निवासबाट प्रहरीले आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ परेको नेकपाले जनाएको छ ।
पक्राउ पर्नेमा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय कोषाध्यक्ष आरोह नेपाली, केन्द्रीय सदस्य बुद्ध लामालगायत प्रमोद गिरी, दीवाकर, राहुल, राजन, प्रभात र राम मगर रहेका छन् ।











प्रतिक्रिया