३१ आश्विन २०८३, शनिबार

पारस शाह धरौटीमा रिहा, नेपाल फर्कन मानेनन्

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parash-Shah-pakrau-dainiknepal

काठमाडौं, ३१ असोज । गाँजासहित थाइल्याण्डमा पक्राउ परेर धरौटीमा रिहा भएका पूर्वयुवराज पारस शाहले नेपाल फर्कन अस्वीकार गरेका छन् ।

पक्राउ परेको एक सातापछि बुधबार स्थानीय समयअनुसार साँझ ५ बजे जमानतमा रिहा भएका पारसले नेपाल भने नफर्कने बताएका हुन् । पारसलाई छुटाउन बैंकक पुगेकी धीरेन्द्र पुत्री सीताष्मा र केही नेपाली साथीलाई पारसलाई आफू तत्काल नेपाल नफर्कने बताएका थिए । यद्यपि परिवार र बैंककमा रहेका नेपाली साथीहरुले पारसलाई नेपाल फर्काउन प्रयत्न गरिरहेका छन् । पारस पटकपटक पक्राउ पर्न थालेपछि पूर्वराजपरिवारले तिहार अगाडि नै उनलाई नेपाल फर्काउन चाहेको स्रोतले बतायो ।

स्रोतका अनुसार, पारस करिब १० लाख थाई भाट तिरेर धरौटीमा रिहा हुन् । प्रहरीले मुद्दा फितलो बनाएर उनलाई रिहा गरेको बताइएको छ । रिहा भएपछि पारस प्रेमिका कन्निकासँग भने टाढै रहेका छन् ।

करिब दुई महिनाअघि भिसाको म्याद सकिएपछि तीन महिना थप गरी पारस स्टुडेन्ट भिसामा थाइल्यान्ड बसिरहेका छन् ।

हिमानी र प्रेरणा बैंकक जाने
लागुऔषधसहित बैंककमा एक साताअघि पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल फर्काउन पारस पत्नी हिमानी राज्यलक्ष्मी शाह र बहिनी प्रेरणा राज्यलक्ष्मी सिंह बैंकक जाने भएका छन् ।

स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हिमानीलाई बैंकक जान सल्लाह दिएपछि उनी जान तयार भएकी हुन् । पछिल्लो समय पारसगँ डिभोर्स नै गर्नेसम्मको अवस्थामा पुगेकी हिमानी अहिले भने पारस फर्किने अवस्थामा सँगै ल्याउने गरी बैंकक जान लागेकी हुन् ।

‘संभव भएसम्म हिमानीले तिहार अघि र नभए  तिहारपछि हिमानी बैंकक जाने भएकी हुन् ।  पारसलाई जेलबाट छुटाउने तयारीका लागि पूर्व शाहज्यादी शितास्मा शाह र पारसका पूर्व स्वकीय सचिव राजेश सिंह बैंकक गएका थिए । अहिले उनीहरु उतै रहेका छन् ।