
काठमाडौं, २९ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ ।
काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा अपरान्ह तीन बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थामा छलफल केन्द्रित हुने स्रोतले जनाएको छ ।
सत्तारुढ दल र मधेस केन्द्रित दलहरूबीच भइरहेको वार्ता र संवादलाई नजिकबाट नियाली रहेको एमालेले सो विषयमा पनि समीक्षा गर्नेछ ।
बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन र भावी रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । एमाले उच्च स्रोतले भन्यो, ‘तराईका जिल्लाहरूमा कसरी रणनीति बनाउने भन्ने विषयमा आजको स्थायी समिति बैठकमा गम्भीर छलफल हुन्छ ।’











प्रतिक्रिया