
काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूका विषयमा छलफल गर्न पदाधिकारी र शीर्ष नेताहरूको बैठक बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले केही समयपछि सुरु हुने बैठकमा उम्मेदवारहरूका विषयमा छलफल हुनेछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा पनि छलफल हुनेछ ।
कांग्रेसभित्रको आन्तरिक विववादका कारण महानगर, उपमहानगर र नगरपालिकाको मेयर तथा उपमेयरको चयन हुन सकेको छैन ।
स्रोतका अनुसार कांग्रेसले सकेसम्म आजै सबै उम्मेदवारहरूको टुंगो लगाउनेछ ।











प्रतिक्रिया