१ कार्तिक २०८३, शनिबार

भक्तपुरको जुवाखालबाट सात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Juwa-tas

भक्तपुर, ३१ असोज । तिहार नजिकिँदै जाँदा महानगरीय प्रहरी वृत्त थिमीले जुवाखालबाट सात जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोक बाह्रविसे–४ घर भई मध्यपुरथिमी नगरपालिका –१५ कौशलटारस्थित लालीमाया सुनुवारका घरमा डेरा गरी बस्ने उत्तरबहादुर तामाङका कोठामा दैनिक तास तथा जुवा खेलाउँदै आएको सुराकीका आधारमा प्रहरीले छापा मारी जुवाडे र जुवा खेलाउनेलाई पक्राउ गरेको प्रहरी वृत्त थिमीले जनाएको छ ।

प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीका अनुसार महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमानढोका र प्रहरी वृत्त थिमीको संयुक्त टोलीले जुवा खेलाउने तामाङसहितलाई जुवा खेल्न प्रयोग भएको ५१ हजार २५० सहित पक्राउ गरी आजै मुद्दा चलाएको छ ।

प्रनाउ बोगटीले तिहार नजिकिँदै जाँदा थिमी क्षेत्रमा हुने जुवाका अखडाको पहिचान गर्न प्रहरी परिचालन गरिएको र त्यस्ता ठाउँ भेटिए छापा मारी पक्राउ गरिन बताउनुभयो । त्यस्तै उहाँले तिहारमा पटाका बिक्री गरेको पाइएमा त्यस्ता व्यापारीलाई पनि कारबाही गर्ने बताउँदै यस्ता गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।