फलेवास (पर्वत), ३१ असोज । अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुकमा बिहीबार राति एक चिनियाँ पर्यटकको मृत्यु भएको छ ।
अन्नपूर्ण बेसक्याम्प पुगेर फर्केपछि घान्द्रुकको भुराज भन्ने ठाउँमा बास बस्नेक्रममा उनको मृत्युभएको पदयात्राबाट फर्केका बुद्धिमान तामाङले जानकारी दिनुभयो ।
भारतमा आएको हुडहुड आँधीका कारण मौसम परिर्वतन भएपछि अन्नपूर्ण बेसक्याम्प जाने धेरै क्षेत्रमा हिमपहिरो गए पनि अहिलेसम्म कुनै पदयात्री नफसेको उहाँले जानकारी दिनुभयो । एक दिन भने दिनभर पानी परेका कारण पदयात्रा रोक्नु परेको अर्का पदयात्रा पिटर क्षेत्रीले बताउनुभयो । अन्नपूर्ण बेसक्याम्पमा पुगेर फर्केका पदयात्री वीरेठाँटी हुँदै पोखरातर्फ सुरक्षित रुपमा लागेको उहाँले जानकारी दिनुभयो ।
अन्नपूर्ण पदयात्रा मार्गमा पदयात्राका लागि जाने पदयात्रीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको छ । यसवर्ष दैनिक ३०० भन्दा बढी विदेशी पदयात्री र झन्डै १०० जनाको सङ्ख्यामा आन्तरिक पदयात्री वीरेठाँटी हुँदै हिँडेका छन् । रासस















प्रतिक्रिया